घरेलुले दियो पत्रकारलाई तालिम
barnanmedia.com · Sat Jun 29 23:29:50 UTC 2024

घरेलु तथा साना उद्योग कार्यालय खोटाङले जिल्लामा क्रियाशील सञ्चारकर्मीलगायतलाई मोबाइल पत्रकारितासम्बन्धी तालिम दिएको छ । डिजिटल प्रविधिलाई उपयोग गर्दै छिटो, भरपर्दो र प्रभावकारी समाचार सम्प्रेषण गर्ने/गराउने उद्देश्यले तीनदिने तालिम दिइएको हो ।
यही असार १३ गतेदेखि आयोजना गरिएको तालिममा सञ्चारकर्मी, शिक्षक, स्वास्थ्यकर्मी, व्यवसायीलगायत २० जनाको सहभागिता रहेको थियो । साना तथा घरेलु उद्योगीलाई विभिन्न तालिम दिने गरेको घरेलु तथा साना उद्योग कार्यालयले जिल्लामा पहिलोपटक पत्रकारसहितलाई तालिम दिएको हो । कार्यालय प्रमुख भेषराज खत्रीले भन्नुभयो,“हाम्रो कार्यालयले अहिलेसम्म पत्रकारलाई तालिम दिएको थिएन, यो नयाँ अनुभव हो । आगामी दिनमा पनि थप ‘एड्भान्स’ किसिमको तालिम आयोजना गर्ने योजना बनाएका छौँ ।”
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)