रियलको घरमा सिटीको बराबरी
ekantipur.com · Wed May 10 00:31:22 GMT 2023
म्याड्रिड — केभिन डे ब्रुएनाको उत्कृष्ट गोलको मद्दतले म्यानचेस्टर सिटीले युरोपेली च्याम्पियन्स लिग सेमिफाइनल पहिलो लेगमा मंगलबार रियल म्याड्रिडको घरमा १–१ को बराबरी हात पारेको छ । डिफेन्डिङ च्याम्पियन रियलले भिनिसियस जुनियरको गोलले अग्रता लिएको थियो ।
बर्नाबाउमा भएको खेलमा पेप ग्वार्डिओलाका लागि डे ब्रुएनाले बराबरी गोल फर्काए । अब अर्को साता सिटीको घरेलु मैदानमा दोस्रो लेगको सेमिफाइनल हुनेछ । अहिलेको स्थिति भने बराबरीको रहेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)