आज बडादशैँको तेस्रो दिनः चन्द्रघण्टा देवीको आराधना
kalakarmi.com · Tue Sep 23 23:12:46 GMT 2025

नेपालीहरुको महान् पर्व बडादशैँ अन्तर्गत नौरथाको आज तेस्रो दिन अर्थात आज असोज ८ गते बुधवार चन्द्रघण्टा देवीको पूजा गरिँदैछ । देवी भागवत पुराणमा आश्विन शुक्लपक्षका नौ अहोरात्रमा ब्रत बस्ने गरिएको छ । नवरात्रिको तेस्रो दिन चन्द्रघण्टा भगवतीको पूजा आराधना गरी तृतीया पर्व मनाईँदै छ ।
हिन्दू धर्मावलम्बीहरूले वैदिक विधिमार्फत् आजको दिन चन्द्रघण्टा देवीको पूजा आराधना गर्ने गरेका छन् । घटस्थापनाको दिनदेखि प्रारम्भ भएको नवरात्रिको तेस्रो दिनको पनि पूजा विधि घटस्थापनाको जस्तै हो ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)