चेक रिपब्लिकलाई हराउँदै नेसन्स लिगमा इंग्ल्यान्डको पहिलो जित
nepalsamaya.com · Wed Sep 30 03:31:00 GMT 2026
काठमाडौं- युरोपेली नेसन्स लिग अन्तर्गत समूह ए ३ को खेलमा इंग्ल्यान्डले चेक रिपब्लिकलाई २–० ले पराजित गरेको छ। यससँगै इंग्ल्यान्डले प्रतियोगितामा पहिलो जित दर्ता गरेको छ।
खेलको पहिलो हाफमा चेक रिपब्लिकका पाभेल शुल्च रातो कार्ड पाएर मैदानबाट बाहिरिएपछि इंग्ल्यान्डले १० खेलाडीमा सीमित घरेलु टोलीमाथि दबाब बढाएको थियो। पहिलो हाफमै मोर्गन रोजर्सको प्रहार पोस्टमा लागेको थियो भने चेक रिपब्लिकका गोलरक्षक मातेय कोभाजले ह्यारी केनको उत्कृष्ट प्रहार बचाएका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)