पूर्वप्रधानमन्त्री भट्टराईद्वारा विप्लवको ‘एन्टिथेसिस’ पुस्तक विमोचन
barnanmedia.com · Sat Jun 29 23:40:38 UTC 2024

काठमाडौँ,: पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले प्रकाश विकल्पद्वारा लिखित पुस्तक ‘एन्टिथेसिस’ को आज विमोचन गर्नुभएको छ ।
शिखा बुक्सद्वारा आज यहाँ आयोजित कार्यक्रममा नेपाल समाजवादी पार्टीका अध्यक्षसमेत रहनुभएका डा भट्टराईले वैकल्पिक राजनीतिक अभियन्ता विकल्पको पुस्तकले नयाँ अग्रगामी राजनीतिक वैचारिकीबारे जिज्ञासु तथा नयाँ पुस्ताका युवाहरुका लागि उपयोगी भएको बताउनुभयो । उहाँले यस्ता कृतिलाई विद्यालय तहसम्म लैजानुपर्नेमा जोड दिनुभयो ।
कृतिमा ओडारदेखि आर्टिफिसियल इन्टेलिजेन्ससम्मका विषयवस्तु समेटिएका छन् । मानव सभ्यतासँग सम्बन्धित खोजमूलक यस कृतिमा मानव समाजको वैज्ञानिक विकासक्रमलगायत विषय समेटिएका लेखकले बताउनुभयो ।
कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का नेता एवं पूर्वमन्त्रीहरु जनार्दन शर्मा र गणेश शाह, साहित्यकार डा सुधा त्रिपाठीलगायतले पुस्तकका विविध पक्षबारे चर्चा गर्नुभएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)