आज असार १५ अर्थात राष्ट्रिय धान दिवस, दही–चिउरा खाएर मनाइँदै
kalakarmi.com · Mon Jun 29 01:19:56 GMT 2026

काठमाडौं– आज असार १५ अर्थात् राष्ट्रिय धान दिवस तथा दही–चिउरा खाने दिन देशभर विविध कार्यक्रमका साथ मनाइँदै छ । कृषि प्रधान देश नेपालमा असार १५ लाई विशेष रूपमा धान रोपाइँको उत्सव र किसानप्रति सम्मान प्रकट गर्ने दिनका रूपमा लिइन्छ ।
आजको दिन खेतमा धान रोप्ने, हिलो खेल्ने र दही–चिउरा खाने परम्परा रहिआएको छ । ग्रामीण भेगमा परिवार, छिमेकी र आफन्त मिलेर धान रोपाइँ गर्ने तथा त्यसपछि दही–चिउरासहित विभिन्न परिकार खाएर रमाइलो गर्ने चलन छ । पछिल्ला वर्षहरूमा यो परम्परा सहर क्षेत्रमा पनि लोकप्रिय बन्दै गएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)