कूटनीतिक प्रयासपछि दक्षिण अमेरिकाबाट तीन महिलाको उद्दार
nayapatrikadaily.com · Fri Aug 25 17:22:00 GMT 2023
दक्षिण अमेरिकास्थित क्यारेवियन टापु ट्रिनिडाड एन्ड टोबागोको पियारको अन्तर्राष्ट्रिय विमानस्थलमा थुनिएका तीन महिलाको उद्दार भएको छ । क्यारेवियन एयरलाइन्सले बन्धक बनाएका सिन्धुपाल्चोक र मकवानपुरका महिलाहरूलाई अमेरिकास्थित नेपाली दुतावासको कूटनीतिक पहलमा उद्दार गरिएको हो । उनीहरू स्वदेश फर्केका छन् ।
ठूलो धनरासी खर्च गरेर अमेरिका लागि अवैधानिक बाटोबाट यात्रा गरेका मकवानपुरकी ३५ वर्षीया तीर्था लामा वाइवा, सिन्धुपाल्चोककी ४४ वर्षीया सेरसाङ् लामा र सिन्धुपाल्चोककी ४० वर्षीया याङ्जेन शेर्पा ट्रिनिडाड एन्ड टोबागोमा बन्धक अवस्थामा थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)