राप्ती नदीको तटबन्धले जोगियो तटीय बस्ती
onlinekhabar.com · Wed Sep 30 03:42:15 GMT 2026

१४ असोज, राँझा । बाँकेको राप्ती नदीमा गरिएको पक्की तटबन्धले तटीय क्षेत्रको बस्ती सुरक्षित हुँदै गएको छ । सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजनाले नदी नियन्त्रणका लागि थालेको पक्की तटबन्ध निर्माणसँगै वर्षौँदेखि तटीय बस्तीमा छाएको डुबान र कटानकोे त्रास र अनिश्चितता विस्तारै आशा र भरोसामा परिणत हुन थालेको छ ।
राप्ती नदीको तीव्र कटान र डुबानको प्रत्यक्ष जोखिममा रहेका राप्तीसोनारी, नरैनापुर र डुडुवा गाउँपालिका क्षेत्रमा तीन किलोमिटरभन्दा बढी पक्की तटबन्ध निर्माण सम्पन्न भएसँगै सयौँ बिघा खेतीयोग्य जमिन जोगिनुका साथै हजारौँ स्थानीयको बसोबास सुरक्षित बनेको सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजना कार्यालय लमही, दाङका आयोजना प्रमुख निश्चल छत्कुलीले बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)