एसईईमा जफत मोबाइल नष्ट गरिएको घटनाप्रति विद्यार्थी सङ्गठनको आपत्ति, भोलि आन्दोलन गर्ने घोषणा
techpana.com · Sun Jun 07 15:30:24 GMT 2026

काठमाडौँ । माध्यमिक शिक्षा परीक्षा (एसईई) का क्रममा परीक्षार्थीबाट जफत गरिएका करिब पाँच सय थान मोबाइल फोन र स्मार्टवाच पानीमा डुबाएर नष्ट गरिएको घटनाप्रति विद्यार्थी सङ्गठनहरूले आपत्ति जनाउँदै आन्दोलनका कार्यक्रम घोषणा गरेका छन् । नेपाली कांग्रेस, नेकपा (एमाले), नेपाली कम्युनिष्ट पार्टी, जनता समाजवादी पार्टी र जनमत पार्टी निकट विद्यार्थी सङ्गठनले क्षतिपूर्ति र दोषीमाथि कारबाहीको माग गर्दै भाेलि साेमबार संयुक्त रूपमा आन्दोलन गर्ने भएका हुन् ।
गत चैतमा सम्पन्न एसईई परीक्षाका क्रममा परीक्षाको मर्यादा विपरीत प्रयोग गरिएको भन्दै सात थान आईफोन, ४८९ थान एन्ड्रोइड फोन र पाँच थान स्मार्टवाच जफत गरिएका थिए । ती डिभाइसहरूलाई मधेस प्रदेशकी तत्कालीन शिक्षामन्त्री रानी शर्मा तिवारीको घोषणा र जिल्ला परीक्षा समन्वय समितिकाे निर्णयका आधारमा सिराहा प्रहरीले बिहीबार नष्ट गरेकाे थियाे । उक्त्त कदमकाे विराेधमा विद्यार्थी सङ्गठनहरूले नागरिक समाज, बुद्धिजीवी, पत्रकार र युवाहरूको ऐक्यबद्धतामा दबाबमूलक कार्यक्रम अघि सारेकाे जानकारी गराएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (techpana.com)