उदयपुरमा रास्वपाको अधिवेशनमा विवाद भएपछि भोलिसम्म स्थगित, बालेन पक्षले पेलेको आरोप
nepalpress.com · Sun Jun 07 15:38:11 GMT 2026

विराटनगर । राष्ट्रिय स्वतन्त्र पार्टी उदयपुरको जिल्ला अधिवेशन विवादका कारण स्थगित भएको छ । प्रतिनिधि विवाद भएपछि असन्तुष्ट पक्षले नाराबाजी गदै होहल्ला गरेपछि भोली सम्मको लागि अधिवेशन स्थगित भएको हो । उदयपुरमा सभापति सहित पदाधिकारीमा दुई दुई जनाको उम्मेदवारी परेको छ ।
उम्मेदवार अन्तिम नामावादी प्रकाशन भएपछि प्रतिनिधिको विवाद निस्किएको हो । विवाद भएपछि लेबी बापत बुझाएको रकम फिर्ता गर्न माग राख्दै प्रतिनिधिहरूले नाराबाजी गरेका छन् । उनीहरूले उदयपुरबाट निर्वाचित प्रतिनिधि सभा सदस्यहरूका विरुद्धमा समेत नाराबाजी गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)