बाजुराका बाढीपहिरो प्रभावितलाई राहत सामग्री वितरण
nagariknews.nagariknetwork.com · Wed Sep 30 03:52:04 GMT 2026

बाढी तथा पहिरोबाट प्रभावित बाजुराका १५८ परिवारलाई राहत सामग्री वितरण गरिएको छ। अविरल वर्षाका कारण घर, खेतबारी र दैनिक जनजीवन प्रभावित बनेका परिवारलाई खाद्यान्न, गैरखाद्य तथा सरसफाइ सामग्री उपलब्ध गराइएको हो।
‘पश्चिम नेपालमा बाढी तथा पहिरो आपत्कालीन प्रतिकार्य परियोजना–२०२६’ अन्तर्गत बडीमालिका फाउन्डेसन नेपालको समन्वयमा राहत वितरण गरिएको हो। राहत सामग्रीमा चामल, दाल, नुन, खानेतेल, म्याट्रेस, ब्ल्याङ्क्वेट, सोलार बत्ती, न्यानो कपडा तथा साबुन, बाल्टिनलगायत सरसफाइ सामग्री समावेश गरिएको थियो। विशेषगरी वर्षायामपछि विस्थापित तथा घरमा क्षति पुगेका परिवारलाई प्राथमिकताका आधारमा सामग्री वितरण गरिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)