मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

हिन्दुकुश हिमालय क्षेत्रमा ‘अन्तरदेशीय संयन्त्र बलियो बनाउने’ सहमति

annapurnapost.com · Wed Sep 30 03:52:06 GMT 2026

काठमाडौं : भोटेकोशी बाढीपछि हिन्दुकुश हिमालय क्षेत्रका देशहरूबीच अन्तरदेशीय संयन्त्र बलियो बनाउन अग्रसर भएका छन्। हिन्दुकुश हिमालय क्षेत्रका (नेपाल, भारत, चीन, बङ्गलादेश, भुटान, म्यानमार र पाकिस्तान) देशले भविष्यमा हुन सक्ने जोखिम व्यवस्थापनका लागि काम गर्न १० बुँदे कार्यसूची तयार गरेका छन्।

यस क्षेत्रका सरकार, वैज्ञानिक तथा विकास साझेदारहरूले मुख्य गरी कस्ता काम गर्ने भनेर दसवटा कार्यसूचीको रूपरेखा तयार गरेको अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड) ले जानकारी दिएको छ। उनीहरूले विशेष गरी विपद्को पूर्वतयारी, पूर्वसूचना प्रणाली, तत्काल प्रतिकार्य तथा पुनर्प्राप्तिका काम गर्नुपर्ने विषयमा सहमति गरेका छन्।

स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)