मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

पारिजात पब्लिक स्कुल डाबरा कप २०८२ को विजेता

rajdhanidaily.com · Tue Sep 23 23:47:42 GMT 2025

कपिलवस्तु । तेस्रो बुद्धभूमि डाबरा कप २०८२ अन्तर्गतको फाइनल खेलमा पारिजात पब्लिक स्कुलले उत्कृष्ट प्रदर्शन गर्दै नमुना ज्योति युवा क्लबलाई ६–० को फराकिलो अन्तरले पराजित गर्दै उपाधि हात पार्न सफल भएको छ। डाबरा खेलमैदानमा सोमबार सम्पन्न फाइनल खेल दर्शकहरूको ठूलो उत्साह र उपस्थिति बीच सम्पन्न भएको थियो।

खेलको शुरुवाती २० मिनेटमा नमुना ज्योति युवा क्लबले बलियो दबदबा कायम राखे पनि, पारिजातले संयमित खेल प्रदर्शन गर्दै खेलको गतिलाई पूर्णरूपमा आफ्नो नियन्त्रणमा ल्यायो। पहिलो हाफमा ३ गोल गरेको पारिजातले केही गोल गर्ने अवसर चुकाएको भए पनि दोस्रो हाफमा थप ३ गोल गर्दै कुल ६–० को नतिजासहित प्रतियोगिता जित्न सफल भयो।

स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)