मुख्य सामग्रीमा जानुहोस्

समाचार

मनोरञ्जन

स्व राणाको परिवारलाई सहयोग

rajdhanidaily.com · Thu Mar 23 23:37:39 GMT 2023

काठमाडौं । स्व अभिनेता बीएस राणाकी पत्नी र छोरीको उपचार सहयोगार्थ चलचित्रकर्मी कल्याणकारी कोषबाट रु एक लाख सहयोग गरिएको छ । चलचित्र विकास बोर्डअन्तर्गत रहेको कोषको सहयोग हस्तान्तरण गर्न बुधबार ललितपुरस्थित स्नेही काख नामक संस्थामै बोर्डका अध्यक्ष भुवन केसी र कोषका संयोजक वसुन्धरा भुसाल पुगेका थिए ।

राहत कोषमा रकम जुटाउन पहल भइरहेकै कारण सहयोग गर्दा सीमितता भएको बोर्ड अध्यक्ष केसीले बताए । “सरकारसँग बेलाबखतमा कलाकारलाई सहयोग गर्न सकिने कोषमा रकम जम्मा गर्न भनिरहेका छौँ । आश्वासन पनि पाएका छौँ । त्यसो भएमा हामीले राम्रोसँग सहयोग गर्न सक्छौँ”, बोर्ड अध्यक्ष केसीले भने ।

स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)