हिउँदे फलफूलका कलमी बिरुवाका लागि एक लाख जडाकाण्ड उत्पादन
gorkhapatraonline.com · Wed Sep 30 04:10:32 GMT 2026

जलवायु परिवर्तनको असरले सतबाँझमा हिउँ पर्न छाडेपछि स्याउ फल्न छाडेको छ । त्यसको विकल्पमा अहिले यहाँ हिउँदे फलफूलका बिरुवा उत्पादन गर्न थालिएको छ । सतबाँझ सुक्खा फलफूल विकास केन्द्रले मङ्गलबार हिउँदे फलफूलका कलमी बिरुवा उत्पादनका लागि एक लाख जडाकाण्डको बीउ रोपेको छ ।
पछिल्ला वर्षमा यहाँ हिउँ पर्न छाडेपछि पर्याप्त चिस्यान नपुग्दा स्याउका बोट सुक्न थालेका छन् । त्यसको विकल्पमा केन्द्रले नयाँ पहल गर्दै ओखर, कागजी बदाम, किवी, नास्पाती, खुर्पानीलगायत हिउँदे फलफूलका बिरुवा उत्पादन गर्दै आएको प्राविधिक अर्जुन खड्काले बताउनुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)