उपयुक्त समयमा प्रधानमन्त्रीले भारत भ्रमण गर्नुहुन्छ, मिति तय भएको छैन: परराष्ट्र मन्त्री खनाल
lokaantar.com

परराष्ट्र मन्त्री शिशिर खनालले उपयुक्त र अनुकूल समयमा प्रधानमन्त्रीको भारत भ्रमण हुने बताएका छन् । संयुक्त राष्ट्र संघको महासभामा भाग लिएर बुधबार स्वदेश फर्किएका मन्त्री खनालले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उपयुक्त समयमा प्रधानमन्त्रीले भारत भ्रमण गर्ने बताउका हुन् । यद्यपि, भ्रमणको मिति भने अहिल्यै तय भैनसकेको उनले बताए ।
उपयुक्त समयमा समयमा प्रधानमन्त्रीको परिणाममुखी भारत भ्रमण हुने उनको विश्वास छ । 'हामीले शुरूदेखि नै भनिराख्या छौँ कि उपयुक्त समयमा प्रधानमन्त्रीज्यूको भारत भ्रमण हुन्छ। सरकार बन्नेबित्तिकै उहाँलाई निम्तो आएको र त्यसलाई सकारात्मक रूपमा लिएको कुरा यसअघि नै जानकारी गराइसकेका छौँ,' सञ्चारकर्मीको जिज्ञासाको जवाफ दिँदै उनले भने, 'उपयुक्त अवसर हुँदा र उपयुक्त समयमा परिणाममुखी भ्रमण गर्ने भन्ने छ। तर कहिले हुने भन्ने छैन। हामी पनि अपेक्षा गर्दैछौँ कि उपयुक्त समयमा परिणाममुखी भ्रमण होस्।'
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)