रेडियोथेरापी सेवा पुनः सुरु
gorkhapatraonline.com · Wed Sep 30 04:30:49 GMT 2026

विगत छ महिनादेखि बिग्रिएर बन्द रहेको बाँकेको खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालको लिन्याक मेसिन मर्मतसम्भारपछि सञ्चालनमा आएको छ । मेसिन सञ्चालनपछि रेडियोथेरापी सेवा पूर्ववत् रूपमा सुरु भएको छ । क्यान्सरका बिरामीको उपचारको प्रमुख केन्द्र बन्दै गएको सो क्यान्सर अस्पतालमा प्राविधिक समस्याका कारण करिब छ महिनादेखि बन्द अवस्थामा थियो ।
रेडियोथेरापीका अत्याधुनिक उपकरण पुनः सञ्चालनमा आएसँगै यहाँका क्यान्सर बिरामीले उपचारका लागि अन्यत्र धाउनुपर्ने अवस्था धेरै हटेको अस्पतालले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)