पाँच वर्षमा छयासी प्रतिशत काम
gorkhapatraonline.com · Wed Sep 30 04:36:53 GMT 2026

गुल्मीको रिडी हुँदै सुर्खेत जोड्ने राष्ट्रिय राजमार्ग अन्तर्गत रिडी–खज्र्याङ–बलकोटको ८६ प्रतिशत काम सकिएको छ । मदन भण्डारी राजमार्ग आयोजना कार्यालय गुल्मीमार्फत रिडी–खज्र्याङ–बलकोट खण्डको २६.६७ किलोमिटर सडक कालोपत्रे गर्ने काम अगाडि बढेको छ ।
यो सडकको शर्मा सगुन जेभीले २०७८ असार २७ गते निर्माण सम्झौता गरेको थियो । निर्माण व्यवसायीले म्याद थपसहित २०८४ वैशाख २८ गतेभित्र काम सक्नुपर्ने छ । मदन भण्डारी राजमार्ग आयोजना कार्यालय गुल्मीका सूचना अधिकारी इन्जिनियर प्रभात तिवारीका अनुसार एक अर्ब नौ करोड ५० लाख १६ हजार ९६० रुपियाँको लागतमा सडक कालोपत्रे हुँदै छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)