सिक्किममा नेपथ्यले पहिलो पटक कार्यक्रम गर्दै, चिफ पेट्रोनका रूपमा सञ्जित खरेल रहने
himalpress.com · Wed Sep 30 04:39:21 GMT 2026

काठमाडौँ- आगामी अक्टोबर ३१ मा सिक्किमको गान्तोकस्थित पाल्जोर स्टेडियममा आयोजना हुन लागेको ‘नेपथ्य लाइभ इन सिक्किमः लेट्स गेट लाउडः सेलिब्रेट सिक्किम’ मा चिफ पेट्रोनका रूपमा सञ्जित खरेल रहने भएका छन् । सिक्किममा नेपथ्यले पहिलोपटक कार्यक्रम गर्न लागेको हो।
सिक्किम कन्सर्टका लागि पीभीई नेटवर्कका संस्थापक निर्देशक तथा इभेन्ट प्रमुख विकेश कायस्थ र सञ्जित खरेलबीच भएको भेटमा सञ्जितलाई चिफ पेट्रोन बनाउने सहमति भएको हो। उक्त भेटमा कायस्थ र खरेलबीच कन्सर्टभन्दा बाहिर गएर कन्सर्टको अर्थतन्त्र, रचनात्मक अर्थतन्त्र, सांस्कृतिक पर्यटन तथा सिक्किमलाई ठूला सांगीतिक र सांस्कृतिक अनुभवका लागि उदीयमान गन्तव्यका रूपमा विकास गर्ने सम्भावनाबारे कुराकानी भएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)