मुख्य सामग्रीमा जानुहोस्

समाचार

स्वास्थ्य

बिरामीको सहयोगार्थ साइकल यात्रा

ratopati.com · Thu Jan 01 18:52:25 GMT 2026

पाँचथर । क्यान्सर जितेका साइकल यात्रीद्वय हर्क लामा र कविता चित्रकारको अगुवाइमा क्यान्सरका बिरामीको उपचार सहयोगार्थ अक्षय कोष स्थापना गर्ने उद्देश्यसहित पाँचथरबाट साइकल यात्रा सुरु भएको छ ।

साइकल यात्राद्वारा पुष्पलाल (मध्यपहाडी) राजमार्ग पार गर्ने लक्ष्यसहित बिहीबारदेखि राजमार्गको उद्गम विन्दू पाँचथरको याङवरक गाउँपालिका–१ चिवाभञ्ज्याङबाट उक्त यात्रा सुरुवात भएको हो । एक हजार ८०० किलोमिटर दूरी पार गर्ने उद्देश्यले थालिएको साइकल यात्रामा आठ साइकल यात्री तथा चिकित्सक र वृत्तचित्र छायाङ्कन गर्ने अन्य आठ सदस्य रहेका छन् । त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक तथा साइकल कल्चर कम्युनिटीका अध्यक्ष डा तारालाल श्रेष्ठका अनुसार उक्त संस्था र धुलिखेल अस्पतालको समन्वयमा साइकल यात्रा सुरुवात भएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)