नियामकीय निकाय स्वार्थ समूहसँग केन्द्रित हुँदा सेयर बजार अहिलेको अवस्थामा पुग्यो - महासचिव कँडेल
arthasansar.com · Wed Sep 30 04:40:59 GMT 2026

नेपाल सेयर बजार लगानीकर्ता संघका महासचिव खगेन्द्रराज कँडेल (रविन) ले सेयर बजारका विषयमा अर्थ मन्त्रालय र सम्बन्धित निकायले सीमित व्यक्ति तथा स्वार्थ समूहसँग मात्रै सहकार्य गरिरहेको आरोप लगाएका छन् । प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिको बैठकमा बोल्दै कँडेलले यही प्रवृत्तिका कारण नेपालको सेयर बजारको वर्तमान अवस्था सिर्जना भएको बताएका हुन् ।
उनले पूँजी बजारलाई व्यवस्थित, पारदर्शी, विश्वसनीय र लगानीमैत्री बनाउन समयअनुकूल बलियो कानुन आवश्यक रहेको बताए । २०६३ सालको कानुन र पुराना निर्देशिकाका आधारमा पूँजी बजार सञ्चालन भइरहेको भन्दै उनले अन्तर्राष्ट्रिय अभ्यासअनुसार नयाँ तथा संशोधित कानुन ल्याउनुपर्नेमा जोड दिए । नियामकको अधिकार स्पष्ट गर्ने र लगानीकर्ताको हित संरक्षण गर्ने गरी धितोपत्र बोर्डसम्बन्धी विशिष्टीकृत ऐन आवश्यक रहेको उनको भनाइ थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (arthasansar.com)