मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

सोपान फर्मास्युटिकल्सले म्युचुअल फन्डलाई छुट्याएको सेयरको लकइन कात्तिक १६ गते खुल्दै

aarthiknews.com

काठमाडौं । सोपान फर्मास्युटिकल्स लिमिटेडले सामूहिक लगानी कोष (म्युचुअल फन्ड) लाई बाँडफाँट गरेको २ लाख १० हजार ९६५ कित्ता सेयरको लकइन अवधि आगामी कात्तिक १६ गते समाप्त हुने भएको छ। लकइन अवधि समाप्त भएपछि म्युचुअल फन्डहरूले होल्ड गरेका उक्त सेयर दोस्रो बजारमा कारोबारयोग्य हुनेछन् ।

कम्पनीले जारी पुँजी १ अर्ब ७१ करोड ६० लाख रुपैयाँको २५ प्रतिशत अर्थात ४२ करोड ९० लाख रुपैयाँ बराबरको ४२ लाख ९० हजार कित्ता साधारण सेयर निष्कासन गरेको थियो । उक्त सार्वजनिक निष्कासनमध्ये ५ प्रतिशत अर्थात २ लाख १४ हजार ५०० कित्ता सेयर सामूहिक लगानी कोषका लागि छुट्याइएको थियो । सामूहिक लगानी कोषका दुईवटा योजनाहरु परिपक्क भैसकेको हुँदा ३ हजार ५३५ कित्ता भने पहिला नै फुकुवा भइ सकेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (aarthiknews.com)