हुथी आक्रमणको सामना गर्न साउदीलाई पाकिस्तानको साथ
barnanmedia.com · Wed Sep 30 04:57:26 GMT 2026

पाकिस्तानले इरानसमर्थित हुथी विद्रोहीबाट साउदी अरबमाथि हुने आक्रमण रोक्न आवश्यक परे जुनसुकै उपलब्ध माध्यम प्रयोग गर्ने जनाएको छ । पाकिस्तानका रक्षामन्त्री ख्वाजा मुहम्मद आसिफले मंगलबार रोममा पत्रकारहरूसँग कुरा गर्दै साउदी अरबको सुरक्षाका लागि पाकिस्तान आफ्नो सैन्य क्षमता प्रयोग गर्न तयार रहेको बताउनुभएको छ ।
उहाँले पाकिस्तानले यमनमा इरानसमर्थित समूहविरुद्ध भएको कुनै हवाई आक्रमणमा प्रत्यक्ष सहभागिता जनाएको हो वा होइन भन्ने स्पष्ट बताउनुभएन् । तर साउदी अरबको सुरक्षाका लागि आवश्यक सबै साधन उपलब्ध गराउने प्रतिबद्धता रहेको उहाँले बताउनुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)