दसैँ–तिहारलाई लक्षित गर्दै फुङलिङ बजार शुक्रबार पनि खुला हुने
gorkhapatraonline.com · Wed Sep 30 05:09:26 GMT 2026

साप्ताहिक रूपमा शुक्रबार बन्द हुँदै आएको ताप्लेजुङ सदरमुकाम फुङलिङ बजार आगामी शुक्रबारदेखि खुला हुने भएको छ। ताप्लेजुङ उद्योग वाणिज्य सङ्घले चाडपर्वलाई लक्षित गर्दै करिब डेढ महिनाका लागि शुक्रबार पनि बजार तथा पसल खुला गर्ने निर्णय गरेको हो।
मङ्गलबार बसेको सङ्घको बैठकले असोज १६ गते शुक्रबारदेखि कात्तिक २७ गते शुक्रबारसम्म फुङलिङ बजारका पसल खुला गर्ने निर्णय गरेको सङ्घका कार्यकारी अधिकृत भीष्मराज बरालले जानकारी दिनुभयो।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)