महाकालीको भेलले चुँडायो झोलुङ्गे पुल, दोधारा चाँदनी-भीमदत्त आवागमन ठप्प
kalakarmi.com · Wed Sep 30 05:23:34 GMT 2026

कञ्चनपुर- कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–४ स्थित महाकाली नदीमाथिको झोलुङ्गे पुल चुँडिँएको छ । बुधवार बिहान महाकाली नदीको बहावका कारण पुलको दोधारा चाँदनीतर्फको भागमा क्षति पुगेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।
पुलको करिब ५–६ मिटर भाग माथि उठ्नुका साथै एउटा पिल्लरसमेत भत्किएपछि आवागमन अवरुद्ध भएको प्रहरीले जनाएको छ । पुलको बीच भागमा रहेको एउटा पोल महाकाली नदीले बगाएपछि पुलमा क्षति पुगेको हो । पुलमा क्षति भएपछि दोधारा चाँदनी नगरपालिका र भीमदत्त नगरपालिका जोड्ने पैदल आवागमन पूर्ण रूपमा प्रभावित भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)