लेबनानमा एक नेपाली शान्ति सैनिक घाइते
ekantipur.com · Mon Oct 30 01:13:55 GMT 2023
काठमाडौँ — लेबनानमा एक नेपाली शान्ति सैनिक घाइते भएका छन् । शनिबार बिहान लेबनानको होउला गाउँमा दुई मोटर सेलले त्यहाँ कार्यरत शान्ति सैनिकलाई घाइते बनाएको थियो ।
घाइते ती सैनिकलाई युनाइटेड मिसन इन्टरिम फोर्स इन लेबनान (युनिफिल) को हेडक्वाटर नाकुरामा उपचार भइरहेको छ । युनिफिलद्वारा जारी वक्तव्यअनुसार घाइते सैनिकको अवस्था भने सामान्य छ । नेपाली सेनाका प्रवक्ता कृष्णप्रसाद भण्डारीले पनि घाइते नेपाली सैनिकको अवस्था सामान्य रहेको जानकारी दिए । शान्ति सैनिकले लेबनान र इजरायलको सीमा क्षेत्रमा रहेको ‘ब्लु लाइन’ मा शान्ति स्थापनाका लागि काम गरिरहेका छन् । हमासले इजरायलमाथि अक्टोबर ७ मा आक्रमण गरेपछि इजरायलले हमास र प्यालेस्टाइनमा आक्रमण गरिरहेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)