पौडी खेल्ने क्रममा डुबेर झापामा दुई जनाको ज्यान गयो
ratopati.com
झापामा पौडी खेल्ने क्रममा डुबेर दुई जनाको ज्यान गएको छ । बिहीबार अपराह्न झापाको शिबसताक्षी नगरपालिका वडा नम्बर ९ स्थित आइतबारे बस्ने ११ वर्षिया एन्जिला सुन्दास र १२ वर्षीय सिकुम राईको मृत्यु भएको हो । वडा नम्बर ७ स्थित सताक्षी खोलामा डुबेर उनीहरुको मृत्यु भएको झापा प्रहरीले जनाएको छ।
घर नआएपछि खोज तलासको क्रममा राति इलाका प्रहरी कार्यालय झिलझिले र अस्थायी प्रहरी पोष्ट माईधारबाट खटिएको टोलीले शव फेला पारेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)