दोधारा-चाँदनी झोलुङ्गे पुलमा क्षति: आवतजावत पूर्ण रूपमा ठप्प
annapurnapost.com · Wed Sep 30 05:25:43 GMT 2026

काठमाडौं : एसियाकै दोस्रो लामो मानिने दोधारा-चाँदनी झोलुङ्गे पुलमा क्षति पुगेपछि आवतजावत पूर्ण रूपमा ठप्प भएको छ। दोधारा-चाँदनी नगरपालिका वडा नम्बर ४ स्थित महाकाली नदीमा बनेको उक्त पुलको दोधारातर्फको भागमा क्षति पुगेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।
दोधारा-चाँदनी नगरपालिका –०४ र भीमदत्त नगरपालिका–१३ लाई जोड्ने करिब १ हजार ४५३ मिटर लामो झोलुङ्गे पुलका ८ वटा पिल्लर मध्ये पिल्लर नं. ३ भाँचिदा यो पुलको ५ देखि ६ मिटर भाग माथि उठेको छ भने पिल्लर भत्किएर पुल बाङ्गिएपछि बाटो पूर्ण रूपमा अवरुद्ध भएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)