दोलखा कांग्रेसको ‘सर्वसम्मति’ विवादमा : उम्मेदवारी फिर्ता नहुँदै नाम घोषणा, प्रत्यासीहरू असन्तुष्ट
nepalpress.com · Wed Sep 30 05:35:45 GMT 2026

दोलखा। नेपाली कांग्रेस दोलखाको अधिवेशनमा ‘सर्वसम्मति’ को नाममा एकतर्फी रूपमा नेतृत्व चयन गरिएको भन्दै उम्मेदवारहरूले तीव्र असन्तुष्टि जनाएका छन्। निर्वाचन समितिले उम्मेदवारी दर्ता गराई अन्तिम नामावलीसमेत सार्वजनिक गरिसकेको अवस्थामा उम्मेदवारहरूसँग सहमति नै नगरी ‘सर्वसम्मत’ घोषणा गरिएको भन्दै महाधिवेशन प्रतिनिधिका प्रत्यासीहरूले आपत्ति जनाएका हुन्।
कांग्रेस दोलखाले केन्द्रीय तथा प्रदेश महाधिवेशन प्रतिनिधि सर्वसम्मत चयन भएको भन्दै नामावली सार्वजनिक गरिसकेको छ । तर, मनोनयन दर्ता गराएका कतिपय उम्मेदवारले आफूहरूले उम्मेदवारी फिर्ता नलिएको र कुनै सहमतिसमेत नभएको बताएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)