जोखिममा आधारित नियमनमा धितोपत्र बोर्ड, पुँजीबजार सुधारका लागि सीसीपीदेखि ब्रोकर पुनर्संरचनासम्म
aarthiknews.com

काठमाडौं । नेपाल धितोपत्र बोर्डले पुँजीबजारलाई व्यवस्थित, पारदर्शी र सुरक्षित बनाउन जोखिम र सुशासनमा आधारित नियमन रणनीति अघि बढाएको छ। बोर्डका अध्यक्ष डा. गोपालप्रसाद भट्टले प्रतिनिधिसभाको अर्थ समितिको बैठकमा बजारको जोखिमअनुसार नियमन र सुपरीवेक्षणलाई कडा बनाउँदै प्राथमिक तथा दोस्रो बजारको संरचनागत सुधार अघि बढाइएको जानकारी दिएका छन्।
बोर्डले बजार सुधारलाई तत्काल कुनै एउटा क्षेत्रमा कडा नियमन गर्नेभन्दा चरणबद्ध रूपमा अघि बढाउने नीति लिएको छ। अध्यक्ष भट्टका अनुसार बढी जोखिम देखिएको क्षेत्रमा कडा नियमन र सुपरीवेक्षण गर्ने तथा बजारका सहभागीलाई आवश्यक सूचना उपलब्ध गराएर क्रमशः सुधार कार्यान्वयन गर्ने रणनीति अपनाइएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (aarthiknews.com)