एसियाली पूर्वाधार लगानी बैंकको वार्षिक बैठकमा भाग लिएर अर्थमन्त्री स्वदेश फिर्ता
kendrabindu.com · Wed Sep 30 06:15:54 GMT 2026

काठमाडौं । एसियाली पूर्वाधार लगानी बैंकको वार्षिक बैठकमा भाग लिएर अर्थमन्त्री डा स्वर्णिम वाग्ले आज स्वदेश फर्किएका छन् । कतारको राजधानी दोहामा आयोजित बैठकमा भाग लिन अर्थमन्त्री डा वाग्ले यही असोज १० गते त्यसतर्फ गएका थिए ।
नेपालको पूर्वाधार विकासका लागि बैंकको लगानी विस्तार, प्रविधि हस्तान्तरण तथा सदस्य राष्ट्रबीच थप सहकार्यको वातारण सृजना गर्न ‘दोहा बैठक’ फलदायी भएको उनको सचिवालयले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)