सुजुकी जिम्नी र फ्रोन्क्स नेपाली बजारमा
nepalsamaya.com · Sat Aug 05 16:08:00 GMT 2023
काठमाडौं- सुजुकीका दुई एसयूभी नेपाली बजारमा आएका छन्। सुजुकीका शोरुमहरुमा जिम्नी र फ्रोन्क्स गाडी हेर्न र टेस्ट ड्राइभको लागि सोमबारदेखि राखिने भएको छ।
सोही दिन सुजुकी शोरुमहरुमा जिम्नी र फ्रोन्क्स अनावरण पनि गरिने कम्पनीले जनाएको छ। नेपालका लागि सुजुकीको चार पाङ्ग्रे सवारी साधनको आधिकारिक वितरक सीजी होल्डिङ अन्तर्गतको अटोमोटिभ डिभिजन सीजी मोटोकर्प तथा सीजी एनएक्सटीजीइएलले यी एसयूभी बुकिङ असार २९ देखि नै खुला गरेको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)