मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

राष्ट्रिय जनमोर्चाका कोषाध्यक्ष मधु क्षेत्रीको निधन

ratopati.com · Wed Sep 30 06:27:51 GMT 2026

काठमाडौँ । राष्ट्रिय जनमोर्चाका केन्द्रीय कोषाध्यक्ष मधु क्षेत्रीको निधन भएको छ । लामो समयदेखि ब्लड क्यान्सरबाट पीडित रहेका क्षेत्रीको बुधबार बिहान ७ बजे अर्घाखाँचीको सन्धिखर्कस्थित घरमा निधन भएको महासचिव मनोज भट्टले जानकारी दिए ।

क्षेत्रीको दुई वर्षदेखि काठमाडौँको सुरेश वाग्ले र हेम्पसमा उपचार भइरहेको थियो । क्यान्सर अन्तिम चरणमा रहेकाले चिकित्सकले घर लैजान सल्लाह दिए अनुसार एक हप्ता अगाडि उनलाई सन्धिखर्क–१० स्थित घरमा लगिएको थियो ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)