सिन्धुलीमा अनियन्त्रित जिप सडकबाट खस्यो, आठ जना घाइते
kalakarmi.com · Wed Sep 30 06:26:05 GMT 2026

काठमाडौं- सिन्धुलीमा जिप दुर्घटना हुँदा आठ जना घाइते भएका छन् । दुर्घटना बुधवार बिहान बीपी राजमार्गअन्तर्गत सुनकोशी गाउँपालिका–३ गणेशथानमा भएको हो ।
प्रहरीका अनुसार काभ्रेपलाञ्चोकबाट रामेछापतर्फ जाँदै गरेको बा.प्र.०१–०३१ च ९७४९ नम्बरको जिप अनियन्त्रित भई सडकबाट करिब २० मिटर तल खसेर दुर्घटनामा परेको हो । दुर्घटना बिहान करिब साढे ८ बजे भएको प्रहरीले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)