मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

तेह्रथुममा कार्की र बास्कोटा कांग्रेस क्षेत्रीय सभापति निर्वाचित

onlinekhabar.com · Wed Sep 30 06:36:10 GMT 2026

१४ असोज, तेह्रथुम । नेपाली कांग्रेस तेह्रथुमको प्रदेशसभा निर्वाचन क्षेत्र ‘क’ को सभापतिमा श्रीप्रसाद कार्की निर्वाचित भएका छन । यस्तै, प्रदेशसभा निर्वाचन क्षेत्र ‘ख’ को सभापतिमा कृष्ण बास्कोटा निर्वाचित भए ।

प्रदेशसभा ‘क’ को सभापतिका लागि भएको निर्वाचनमा कार्कीले २८२ मत प्राप्त गरेका थिए । उनका प्रतिस्पर्धी प्रल्हाद खड्काले २६९ मत प्राप्त गरे थिए । कार्की १३ मतको अन्तरले निर्वाचित भएका हुन ।

स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)