सोहेल अफ्रिदीले पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरानलाई जेलमुक्त गराउन सक्लान्?
lokaantar.com

पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तका मुख्यमन्त्री सोहेल अफ्रिदी पूर्वप्रधानमन्त्री इमरान खानलाई जेलमुक्त गराउने अभियानका मुख्य सारथि बनेका छन्। तीन वर्षभन्दा बढी समयदेखि जेलमा रहेका पिएटीआई संस्थापक खानको रिहाइको माग गर्दै आगामी अक्टोबर ४ मा इस्लामाबादमा हुने विशाल प्रदर्शनको नेतृत्व ३७ वर्षीय अफ्रिदीले गरिरहेका छन्।
अलजजीरा अनुसार संघीय सरकारले प्रान्तका सबै नाकाहरू सिल गर्ने प्रयास गरेको र आफ्ना मन्त्री तथा कार्यकर्ताहरूमाथि दमन गरेको आरोप लगाउँदै मुख्यमन्त्री अफ्रिदीले यो आन्दोलन कुनै पनि हालतमा नरोकिने स्पष्ट पारेका छन्। सरकारले खानकी बहिनीहरूलाई पक्राउ गरेपछि र प्रदर्शनमा रोक लगाउने प्रयास गरेपछि आन्दोलन केही दिनका लागि पछि सारिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)