मुख्य सामग्रीमा जानुहोस्

समाचार

मनोरञ्जन

दुबई यात्रामा नेपथ्य

kendrabindu.com · Wed Sep 30 06:52:11 GMT 2026

काठमाडौं । भर्खरै सम्पन्न साउथ कोरियाको सफल कार्यक्रम पछि नेपथ्यले अब संयुक्त अरब इमिरेट्सको प्रमुख सहर दुबईमा आगामी साता साङ्गीतिक प्रस्तुति दिने भएको छ । त्यहाँको ‘इन्टरनेट सिटी’ स्थित ‘दी अजेन्डा’ हलमा आगामी अक्टोबर ४ (असोज १८) आइतबार नेपथ्यको कन्सर्ट हुन लागेको हो । नेपथ्यको यो चौथो दुबई यात्रा हुनेछ ।

नेपथ्यले यसअघि तीनवटै कन्सर्ट आइस हकी खेलिने त्यहाँको ‘अल नासेर लिजर ल्यान्ड’ मा गरेको थियो । यो पाला भने व्यवस्थित कन्सर्ट गर्न थप सुविधासहितको नयाँ स्थान चयन गरिएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)