निजामती कर्मचारीले अब प्रदेशस्तरमै पाउने भए सिभिल अस्पतालको उपचार सुविधा
hamrakura.com · Sun Jun 07 00:00:00 GMT 2026
काठमाडौँ । काठमाडौँ उपत्यका बाहिर कार्यरत तथा बसोबास गर्ने निजामती कर्मचारी, अवकाशप्राप्त कर्मचारी र उनीहरूका आश्रित परिवारका लागि सरकारले ठुलो राहतको व्यवस्था गरेको छ। भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले निजामती कर्मचारी अस्पताल (सिभिल अस्पताल, काठमाडौँ) को सेवालाई प्रदेशस्तरसम्म विस्तार गर्ने नीति अनुरूप प्रदेश अस्पतालहरूबाटै विशेष स्वास्थ्य सेवा उपलब्ध गराउन लागेको हो।
काठमाडौँ धाउनुपर्ने बाध्यताको अन्त्य गर्दै कर्मचारी र उनीहरूका परिवारलाई गुणस्तरीय स्वास्थ्य सेवा सहज, सुलभ र पहुँचयोग्य रूपमा उपलब्ध गराउने उद्देश्यले प्रदेश अस्पतालहरूसँग सम्झौता प्रक्रिया अगाडि बढाइएको सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले जानकारी दिइन्।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)
मधेस प्रदेश