मौसम खुलेसँगै मनास्लुमा पर्यटकको चहलपहल बढ्यो
gorkhapatraonline.com · Wed Sep 30 07:24:59 GMT 2026

मौसममा सुधार आएपछि उत्तरी गोरखाको मनास्लु क्षेत्रमा पर्यटकको चहलपहल बढ्न थालेको छ । गत शुक्रबारदेखि आइतबारसम्म लगातार वर्षा भएपछि केही दिन पर्यटक आवागमन प्रभावित भए पनि सोमबारदेखि मौसम खुलेसँगै पर्यटकको संख्या बढ्न थालेको हो ।
चुमनुब्री गाउँपालिका–३ फिलिमकी होटल व्यवसायी कुमारी गुरुङका अनुसार बुधबारदेखि मनास्लु क्षेत्रमा पर्यटकको चहलपहल बढेको छ । निरन्तरको वर्षा तथा रसुवा क्षेत्रमा आएको बाढीका कारण यस वर्ष मनास्लु क्षेत्रमा पर्यटकको आवागमन अघिल्ला वर्षको तुलनामा घटेको उहाँले बताउनुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)