मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

खोला तर्दै, गाडीमा झुन्डिँदै, तुइनबाट नदी पार गर्दै विद्यालय पुग्छन् विद्यार्थी

bishowkhabar.com · Wed Sep 30 07:23:12 GMT 2026

काठमाडौं – उत्तरगया गाउँपालिका–५ स्थित नीलकण्ठ माध्यमिक विद्यालयमा अध्ययनरत ३३ जना विद्यार्थी भोटेकोशी बाढीपछि हरेक दिन जोखिमपूर्ण यात्रा गर्दै विद्यालय पुग्न बाध्य भएका छन् ।

यातायातको असुविधा र चुनौतीपूर्ण भौगोलिक अवस्थाका कारण शान्तिबजार र पैरेबेँसीबाट विद्यालय आउने विद्यार्थीले खोला तर्नेदेखि गाडीमा झुन्डिने र तुइनबाट उर्लँदो त्रिशूली नदी पार गर्नेसम्मको जोखिम मोल्दै आएका हुन् ।

स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)