बाढी–पहिरो प्रभावित मनाङ पुगे मुख्यमन्त्री पाण्डे, तत्काल पूर्वाधार खुलाउन निर्देशन
ratopati.com · Wed Sep 30 07:32:23 GMT 2026

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले बाढी तथा पहिरोबाट प्रभावित हिमाली जिल्ला मनाङको स्थलगत निरीक्षण गरेका छन् । प्रभावित क्षेत्रमै पुगेर त्यहाँको वास्तविक अवस्था, भौतिक क्षति र नागरिकको अवस्थाबारे जानकारी लिएका हुन् ।