पूँजी बजारलाई आधुनिक बनाउन संसद्मा तत्काल विधेयक ल्याउन सरकारलाई अर्थ समितिको निर्देशन
annapurnapost.com · Wed Sep 30 07:27:37 GMT 2026

काठमाडौं : अर्थ समितिका सभापति डा. कृष्णहरि बुढाथोकीले नेपालको पूँजी बजारलाई आधुनिक, प्रविधिमैत्री, व्यवस्थित, पारदर्शी र लगानीमैत्री बनाउन नयाँ कानुन तत्काल आवश्यक रहेको बताएका छन् । बुधबार बसेको अर्थ समिति बैठकमा सरोकारवालासँगको छलफलपश्चात सभापति डा. बुढाथोकीले धितोपत्रसम्बन्धी नयाँ विधेयक तर्जुमा गरी संघीय संसद्मा तत्काल प्रस्तुत गर्न सरकारलाई निर्देशन दिएको हुन्।
बैठकपछि नेपालको पूँजी बजारलाई आधुनिक प्रविधिमैत्री, व्यवस्थित, पारदर्शी, विश्वसनीय एवं लगानीमैत्री बनाई धितोपत्र निष्काशन, सूचीकरण, बजार सञ्चालन तथा नियमन र लगानीकर्ताको अधिकतम हित संरक्षण गर्न सम्बद्ध निकाय नेपाल धितोपत्र बोर्ड, नेपाल स्टक एक्सचेञ्ज लिमिटेड र सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेड समेतको भूमिका, जिम्मेवारी र जवाफदेहिता स्पष्ट हुने गरी धितोपत्रसम्बन्धी नयाँ विधेयक तर्जुमा गरी संघीय संसद्मा तत्काल प्रस्तुत गर्न नेपाल सरकार अर्थ मन्त्रालय र नेपाल धितोपत्र बोर्डलाई निर्देशन दिने निर्णय भएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)