मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

धितोपत्रसम्बन्धी नयाँ विधेयक तत्काल संसद्‌मा प्रस्तुत गर्न अर्थ समितिको निर्देशन

baahrakhari.com · Wed Sep 30 07:40:02 GMT 2026

काठमाडौं । धितोपत्रसम्बन्धी नयाँ विधेयक तत्काल तर्जुमा गरी संसद्‌मा प्रस्तुत गर्न अर्थ समितिले सरकारलाई निर्देशन दिएको छ । सरोकारवालासँगको छलफलपछि अर्थ समितिले नेपालको पुँजी बजारलाई आधुनिक, प्रविधिमैत्री, व्यवस्थित, पारदर्शी, विश्वसनीय तथा लगानीमैत्री बनाउन धितोपत्रसम्बन्धी नयाँ विधेयक तत्काल तर्जुमा गरी सदनमा प्रस्तुत गर्न सरकार र नेपाल धितोपत्र बोर्ड (सेबोन)लाई निर्देशन दिएको हो ।

समितिका सभापति डा. कृष्णहरि बुढाथोकीले धितोपत्र निष्कासन, सूचीकरण, बजार सञ्चालन तथा नियमनदेखि लगानीकर्ताको हित संरक्षणसम्म संवद्ध निकायको भूमिका, जिम्मेवारी र जवाफदेहिता स्पष्ट हुने गरी नयाँ विधेयक ल्याउन निर्देशन दिए ।

स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)