‘राष्ट्र बैंकको प्रावधानले गहना व्यवसायी समस्यामा’
ratopati.com · Sun May 19 17:42:00 UTC 2024

नेपाल रत्न तथा आभुषण संघका वरिष्ठ उपाध्यक्ष नरेन्द्रकुमार गुप्ताले सुनको कोटा प्रणाली र यसबाट देखापरेको सिन्डिकेट प्रवृत्तिको विरोध गरेका छन् । उनले एक विज्ञप्ति जारी गर्दै राष्ट्र बैंकको अहिलेको प्रावधानले समेत गहना व्यवसायी समस्यामा परेको बताएका छन् ।
‘नेपाल राष्ट्र बैंकले जारी गरेको सुन खरिद तथा विक्री वितरण सम्वन्धी कार्यविधि २०६८ मा गहनाको पसल संचालन वा सुनको कारोवार गर्न राष्ट्र बैंकले तोकेको ३ वटामध्ये कुनै एउटा महासंघको अनिवार्य सदस्य बन्नुपर्ने र उक्त महासंघको सिफारिसमा मात्र तोकिएको बाणिज्य बैंकबाट काँचो सुन खरिद गर्न पाउँने व्यवस्था छ’, उनले विज्ञप्तिमा भनेका छन्, ‘राष्ट्र बैंकको उक्त प्रावधानको कारण स्वतन्त्र रुपमा गहना पसल सञ्चालन गर्ने अवस्था नरहेको कारण देशभरका २० हजार व्यवसायी मर्कामा परेको बिषयलाई मैले नेपाल सरकार र नीति निर्माताको ध्यानाकर्षण गर्न खोजेको हुँ ।’
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)