तातोपानी नाका सञ्चालन गर्न नेपालतर्फ सडकको समस्या छैन : डिभिजन प्रमुख भण्डारी
ratopati.com · Wed Sep 30 07:48:27 GMT 2026

दोलखा । सडक डिभिजन चरिकोटका डिभिजन प्रमुख इन्जिनियर नारायणदत्त भण्डारीले तातोपानी नाका सञ्चालन गर्न नेपालतर्फ सडकको कुनै समस्या नरहेको बताएका छन्। सडकका कारण सवारी आवागमन रोक्नुपर्ने अवस्था नरहेको उनले स्पष्ट पारेका हुन्।
चिनियाँ पक्षले सडकको कारण देखाउँदै तातोपानी नाका बन्द गरेपछि बन्द नाका खुलाउन चिनियाँ टोलीसहित परराष्ट्र मन्त्रालय, अर्थ मन्त्रालय, भन्सार कार्यालय, सडक विभाग, जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोक तथा सुरक्षा निकायका प्रतिनिधिको संयुक्त टोलीले नेपालतर्फका पहिरो प्रभावित सडकको अनुगमन गरेको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)