यान्त्रिक अवस्था ठिक नभएका ७४ जना चालकलाई कारबाही
baahrakhari.com · Sun May 19 18:03:33 UTC 2024

काठमाडौं । यान्त्रिक चेकिङमा अवस्था ठिक नभएका सवारी साधन चलाउने ७४ जना चालकलाई ट्राफिक प्रहरीले कारबाही गरेको छ । काठमाडौंको बालाजुमा आइतबार गरिएको विशेष चेकिङका क्रममा यान्त्रिक अवस्था ठिक नभएका ७४ वटा सवारी साधनका चालकलाई कारबाही गरिएको ट्राफिक प्रहरीले जनाएको छ ।
ट्राफिक प्रहरीका अनुसार झन्डै २०० सवारी साधन चेक गर्दा हेन्डब्रेक नभएका, लाइटहरू दुरुस्त नभएका, टायर धेरै घिस्रिएकालगायत अवस्था ठिक नभएका १० वटा भाडाका सवारी साधनसहित ७४ वटा सवारी साधन फेला परेका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)