झापामा माछा मार्ने क्रममा करेन्ट लागेर एकजनाको मृत्यु
baahrakhari.com · Wed Aug 20 17:06:54 GMT 2025

झापा । माछा मार्ने क्रममा करेन्ट लागेर बुधबार दिउँसो कमल गाउँपालिका–३ का २१ वर्षीय उज्ज्वल राईको मृत्यु भएको छ ।
स्थानीय ढ्याङ्ग्री खोलामा करेन्ट लगाएर माछा मार्ने क्रममा करेन्ट लाग्दा राई घाइते भएका थिए । घाइते राईलाई उपचारका लागि दमकस्थित लाइफ लाइन अस्पताल पुर्याउना साथ चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)