राप्ती स्वास्थ्य प्रतिष्ठानमा २ जना बेवारिसे बिरामी, आफन्तलाई सम्पर्कमा आइदिन आग्रह
nepalpress.com · Wed Sep 30 08:08:42 GMT 2026

दाङ । दाङस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको आईसीयूमा विगत २६ दिनदेखि एकजना बिरामी उपचाररत छन्। बाँकेको कोहलपुर घर भएका ४१ वर्षीय प्रकाश चौधरी परिवारजन तथा आफन्तको सम्पर्कविहीन भए पनि प्रतिष्ठानले उपचार गरिरहेको हो ।
प्रतिष्ठानका अस्पताल निर्देशक सह-प्राध्यापक डा. सुरेश रसाइलीका अनुसार लामो समयदेखि आईसीयूमा उपचाररत चौधरीका आफन्त हालसम्म पनि अस्पतालको सम्पर्कमा आएका छैनन् । उनको उपचारमा हालसम्म बेड चार्ज र स्वास्थ्य परीक्षणतर्फ ५१ हजार ७ सय ५० रुपैयाँ तथा औषधितर्फ १ लाख ५५ हजार २ सय ४६ रुपैयाँ गरी कुल २ लाख ६ हजार ९ सय ९६ रुपैयाँ खर्च भइसकेको छ । परिवारजनको उपस्थिति नभए पनि अस्पतालले मानवीय दायित्व सम्झेर उपचारलाई निरन्तरता दिइरहेको डा. रसाइलीले बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)