कानून निर्माणका बहस सार्वजनिक खपतका लागि मात्र हुनुहुँदैन: सभापति बाँस्कोटा
hamrakura.com · Wed Sep 30 00:00:00 GMT 2026

काठमाडौँ। सङ्घीय संसद्को कानून, न्याय तथा मानव अधिकार समितिका सभापति समिक्षा बाँस्कोटाले विधेयक निर्माण तथा दफावार छलफलका क्रममा हुने बहस सार्वजनिक खपतका लागि मात्रै हुन नहुने बताएकी छिन्। बुधबार बसेको समितिको बैठकमा बोल्दै उनले कानून निर्माण गर्दा ‘विधायकी मनसाय’ लाई प्राथमिकता दिनुपर्ने र विधेयक ल्याउनुको मुख्य उद्देश्य तथा त्यसको दीर्घकालीन प्रभावबारे गहिरो अध्ययन गरेर मात्र छलफल गरिनुपर्नेमा जोड दिएकी छिन्।
सभापति बाँस्कोटाले समितिमा विधेयकमाथि छलफल गर्दा आवश्यक शैक्षिक तथा अनुसन्धानमूलक पृष्ठभूमिलाई समेत आधार बनाएर बहसलाई थप गहिराइमा लैजानुपर्ने बताएकी छिन्। दीर्घकालीन रूपमा कस्तो कानून निर्माण भइरहेको छ, किन निर्माण भइरहेको छ र कार्यान्वयनको चरणमा जाँदा त्यसले के परिकल्पना गरेको छ भन्ने विषयमा विधायकी स्पष्टता भएमा मात्रै निर्मित कानून साँच्चिकै प्रभावकारी हुने उनको भनाइ छ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)