बकैया ज्यामिरेमा जमिन फाट्दा गाउँ नै जोखिममा, ८० घरधुरी प्रभावित
bishowkhabar.com · Wed Sep 30 08:19:22 GMT 2026

काठमाडौं – बकैया गाउँपालिका–६ तल्लो ज्यामिरेको गरगरे बस्तीमा जमिन फाट्न थालेपछि स्थानीयवासी त्रासमा परेका छन् । लगातारको वर्षापछि असोज ११ गतेदेखि जमिन चिराचिरा पर्न थालेसँगै बस्ती नै जोखिममा परेको हो ।
स्थानीयका अनुसार करिब दुई वर्गकिलोमिटर क्षेत्रमा ठाउँ–ठाउँमा जमिन चिरिएको छ । कतिपय स्थानमा जमिन १२ फिटसम्म भासिएको छ भने केही भूभाग तलतिर सरेको छ। जमिन चिरिने क्रममा अस्वाभाविक आवाजसमेत सुनिएको स्थानीयले बताएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)